काठमाण्डौ १५ पुष । नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ ।पछिल्ला दिनहरुमा कोरोनाको नयाँ सङ्क्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटिरहेको छ । गएको २४ घण्टामा पाँच सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट एक हजार आठ सय ४७ जनाले ज्यान गुमाएका छन् ।
१५ पुस २०७७, बुधबार ००:००
0
Shares
प्रतिक्रिया