काठमाडौँ १५ पुष । नायक सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’ यो बर्षको इदमा रिलिज हुन सकेन । कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि चलचित्र रिलिज हुन नसकेको भारतिय मिडियाले उल्लेख गरेका छन् । चलचित्रमा प्रभुदेवाको निर्देशन रहेको छ । चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको बताइएको छ ।
भारतीय मिडियाका अनुसार, चलचित्रलाई जी ले २ सय ३० करोडमा किनेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारी चलिरहेको समयमा जीले सलमानको यो चलचित्रका लागि महंगो रकम तिरेको छ ।
सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा पनि निकै नै माग रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई जी स्टूडियोले महंगो रकममा खरिद जानकारि प्राप्त भएको छ ।
१५ पुस २०७७, बुधबार ००:००
0
Shares
प्रतिक्रिया