काठमाडौँ ११ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको पहिलो प्रभाव प्रदेश नं. १ सरकारमा देखिएको छ । आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन् ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनपछि प्रचण्ड९नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको थियो ।मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् ।
आङ्बो प्रचण्ड९नेपाल समूहमा छन् । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । सोहि अनुरुप हस्ताक्षर संकलन भइरहेको छ । त्यहि सूचनाको आधारमा राईले आर्थिक मामिलामन्त्री आङ्बोलाई बर्खास्त गरेको हुनसक्ने जनाइएको छ ।
११ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया