काठमाडौँ ११ पुष ।ताप्लेजुङ प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकै भीषण डढेलो लागेको छ । फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीय राजेन्द्र महतले जानकारि दिएका छन् ।
डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको महतले बताएका छन् । उनले भने, ‘बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको रहेछ, हामीले शुक्रबार थाहा पायौं र प्रहरी र स्थानीय भएर निभाएका थियौं, रातिबाट फेरि फैलिएछ ।’ अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको पाथीभरा मन्दिर पुगेका तीर्थयात्री कमल विष्टले बताएका छन् ।
पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। विष्टका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना रहेको छ । आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको जानकारि प्राप्त भएको छ । यो रेडपाण्डा पाइने क्षेत्र पनि हो । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ ।
११ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया