१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

सरकारले गर्ला त हल खोल्ने निर्णय ??


११ पुस २०७७, शनिबार ००:००

0
Shares

काठमाडौँ ११ पुष । नेपाल सरकारले ९ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु खोल्ने निर्णय गरेको छैन । सरकारले निर्णय नगरेपनि चलचित्र संघले हिजोबाट देशभरका हलहरु सुचारु गर्ने निर्णय गरेसँगै हलहरु संचालनमा आएका छन् ।
हलहरु संचालनमा आएसँगै जिल्ला प्रशासन कार्यलय, काठमाण्डौले चलचित्रकर्मीहरुलाई छलफलमा बोलाएको छ ।
चलचित्रकर्मीसँगको छलफलपछि जिल्ला प्रशासन कार्यलयले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा हल खोल्ने बिषयमा पत्र पठाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले कुनै मिति तोकेर हल खोल्ने निर्णय गरेको खण्डमा सो दिनसम्म हल बन्द गर्न हल संचालकहरु सहमत भएका छन् ।
आजदेखि हल खोल्ने निर्णयमा भने आफूहरु पछि नहटेको र हल सुचारु हुने अशोक शर्माले बताए ।।

प्रकाशित : ११ पुस २०७७, शनिबार ००:००