१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

कोरोना बीमा रकम लिनेको संख्या बढ्यो


८ पुस २०७७, बुधबार ००:००

0
Shares


काठमाडौं ८ पुस । कोरोना बीमा वापतको रकम लिने संक्रमितहरुको संख्या १४ हजार नाघेको छ । बीमा समितिका अनुसार सोमबार साँझसम्म १४ हजार १८४ जनालाई १ अर्ब ३८ करोड ४८ लाख ७५ हजार रुपैयाँ भुक्तानी भइसकेको जानकारि प्राप्त भएको छ ।थप २ हजार ५२१ जना भुक्तानी पाउने प्रक्रियामा रहेका छन् । ३ हजार १११ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी स्वीकृत हुने प्रक्रियामा छ । बिमक संघका अनुसार, ती फाइल आउनासाथ थप १ हजार ५५० जनाको फाइल ईडीसीडी पठाउने गरिरहेको बुझिएको छ ।

बीमा कम्पनीहरुले निजी ल्याबका परीक्षण रिपोर्टहरु रुजु गर्न ईडीसीडी पठाउने गरेका छन् । रिपोर्ट सही भएको प्रमाणित भएर आएपछि कम्पनीहरुले भुक्तानी प्रक्रिया अघि बढाउँछन् । श्वास्थ्य मन्त्रालय मातहतका ल्याबमा गरिएको परीक्षण भने रुजु गराउन पर्दैन ।

प्रकाशित : ८ पुस २०७७, बुधबार ००:००