१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मनोरञ्जन

रंगकर्मीले बुझाए ध्यानाकर्षण पत्र


६ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ६ पुष ।नेपालका सक्रिय नाट्य संस्थाहरूले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेपाली रंगमञ्च सदैव अभिभावक विहिन अवस्थाबाट गुज्रिरहेकाले प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपालभरका नाटकघर र नाट्य संस्थाहरूको अगुवाइमा ध्यानाकर्षण(पत्र बुझाएका हुन् । । उनीहरूले ९ बुँदे मागसहितको संयुक्त पत्र प्रतिष्ठानका उपकुलपति हरिहर शर्मासमक्ष बुझाएका हुन्।
ध्यानाकर्षण पत्र बुझाउन थिएटर हबको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रंगकर्मीहरू बिहीबार प्रतिष्ठान पुगेका थिए।

ध्यानाकर्षण पत्रमा कोरोना महामारीका समयमा स्वतन्त्र नाट्य संस्थाहरूले नेपाली रंगमञ्चको प्राप्ति जोगाउन अनेक प्रयास गरिरहे पनि सरकारको कानुनी रूपमै गठन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वेवास्ता गरेको गुनासो समेत गरिएको छ।

प्रकाशित : ६ पुस २०७७, सोमबार ००:००