काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३ औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ्ग याङ्ग (Wang Yang) बीच भर्चुअल माध्ययमबाट वार्ता भएको छ। चिनिँया कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल व्यूरोका स्थायी कमिटी सदस्य समेत रहनुभएका याङ्गबीच शुक्रबार भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले आगामी १६ अक्टोवरमा हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं…