विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन आज हुँदैछ । सभामुखमा बाबुराम गौतमको मात्र उम्मेदवारी परेको छ । माओवादी केन्द्रका सांसद गौतमको मात्र एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको निर्वाचनका अहिले ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।