काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्दै छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाईएको हो । हिजो शेखर कोइराला पक्षका नेताहरूको भेलाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेका थिए । त्यस लगतै आज सभापतिले बैठक बोलाएका छन् ।