५ चैत्र २०८१, बुधबार । March 19, 2025

दुई बजेलाई सारियो माओवादी स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दुई बजे बस्ने गरि सारिएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दुईबजेलाई सारिएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता जस्ता एजेण्डामा छलफल हुनेछन् ।