काठमाडौं । सक्ता साझेदार दलहरुको साझा उम्मेदवार नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गरेका छन् । संघीय संसद सचिवालयमा बुधबार घिमिरेले मनोनयन दर्ता गराएका हुन् ।
घिमिरेको उम्मेदवारी प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । विहिबार सभामुखको निर्वाचन हुनेछ ।
सभामुखमा नेपाली कांग्रेसले समेत सभामुखमा उम्मेदवारी निर्णय गरेको छ । उम्मेदवारको बन्ने भन्ने टुंगो लगाएको छैन । प्रतिनिधि संसद सचिवालयका अनुसार आज ४ बजेसम्म उम्मेदवार मनोनय गर्ने समय छ । त्यस लगतै उम्मेदवारको सूचि प्रकाशिन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया