२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

६४१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ साउन । पछिल्लो विवरण अनुसार ६४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन्।