काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक सोमबारका लागि सचिवालय बैठक बोलाएको छ ।
सोमबार विहान बस्ने बैठकमा पार्टी भित्रको आन्तरिक विवाद समाधानको लागि गठन गरिएको कार्यदलको विषयमा उठेका विवादबारे छलफल हुने निकट स्रोतले बताएको छ ।
गत शुक्रवार प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक विवाद मिलाउनको लागि ६ सदस्यीय कार्यदल गठन गरेका थिए । पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको उक्त कार्यदलका विषयमा पार्टीभित्र आवश्यक छलफल नगरी कार्यदल गठन गरिएको भन्दै त्यस विषयमा छलफलका लागि सचिवालय बैठक डाकिएको स्रोतको भनाइ रहेको छ ।
कार्यदलमा पौडेलसहित शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल लगायत सदस्यहरु रहेका छन् ।
स्रोतका अनुसार विवाद समाधानको लागि गठित कार्यदललाई सचिवालय बैठक राखेर औपचारिकता र कार्यदेश दिन लागिएको हो ।
प्रतिक्रिया