विराटनगर, ३२ साउन । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको राति करिब १२ : ३० मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
फोक्सो, मुटुु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो ।
प्रतिक्रिया