२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

लामिछानेले पुनः लिए नेपाली नागरिकता

काठमाण्डौ । रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । उनीसंगै समर्थकहरु पनि पुगेका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भिडभाड भएको थियो। अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको शुक्रबार सर्वोच्च अदालतले फैसला गरेको थियो ।…