सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको भलिबल कोर्टमा आज सम्पन्न भएको खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल…