काठमाण्डौ । विश्व चर्चित नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई सम्मानित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरे लगतै शनिबार किरात राई खेलकुद संघ केन्द्रीय समितिले सम्मान गरेको हो ।
संघको चौथो स्थापना दिवशको अवसर पारि राजधानीमा आयोजित कार्यक्रममा किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवश राईले नेपाली झण्डा र किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र राईले संघको झण्डा ओडाएर सम्मान गरिएको थियो ।
राईसंगै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्य विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता गरी ६ दर्जन किराती खेलाडीहरुलाई पनि एक साथ सम्मान गरिएको थियो ।
किराती खेलाडीहरुले देशको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आफ्नो संस्थाको स्थापना दिवशको अवसरमा खेलाडीहरुलाई सम्मान गरिएको संघका अध्यक्ष राईले बताए ।
प्रतिक्रिया