केही समयदेखि स्थिर रहेको मधेशको राजनीति फेरि एकचोटि तरंगित भएको छ । कैलालीबाट निर्वाचित राजपा नेपालका सांसद रेशम चौधरीलाई अदालतले आजीवन कारावासको फैसला सुनाउनु र अर्कोतिर पृथकतावादी अभियान चलाउँदै आएका डा. सीके राउत समूहसँग सरकारले गरेको ११ बुँदे सहमतिसँगै समग्र देशको राजनीति अहिले मधेश केन्द्रित भएको छ । संविधान घोषणा हुनुभन्दा पहिलेदेखि नै मधेशका मुद्दाहरू…