परम्परागत राज्यसत्ता वा स्थायी राज्यसत्ताविरूद्धको लडाइँलाई ‘मधेश आन्दोलन’ को रूपमा परिभाषित गरिँदैआएको छ । यसले पनि मधेश आन्दोलन निश्चित भूगोलमा बसोबास गर्ने खास समुदायको मात्र नभएर अभिजातवर्गका शासकहरूको एकल, निरङ्कुश र स्वेच्छाचारी मनोवृत्ति, व्यवहार र अभ्यासहरूबाट वर्षौबाट उत्पीडित रहँदैआएका सबै वर्ग र समुदायको विद्रोहलाई प्रतिनिधित्व गर्छ । त्यसैले परिवर्तनको आकांक्षा प्रतिध्वनित हुने दृष्टिले मधेश आन्दोलनको…