काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आकस्मिक रुपमा बसेको छ ।
आज बसेको गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारमा भागबण्डा नमिलेपछि त्यसलगत्तै एसको सचिवालय बैठक बसेको हो ।
गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो अडान नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सानो मन्त्रिमण्डल बनाउने तयारीमा रहेको स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गरिरहेको र अहिले १ जनालाई मात्रै मन्त्री बनाउने भन्दै प्रधानमन्त्रीले नाम मागेपछि आकस्मिक बैठक बसेको हो ।
बैठकमा सरकारमा सहभागि हुने एक नेताको नाम आजै टुंग्याउने तयारी भएको एसका नेता एवं सांसद भानुभक्त जोशीले लोकपथलाई जानकारी दिए ।
प्रतिक्रिया