२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Breaking

पूर्वका सीमा ७२ घण्टाका लागि सिल



झापा । नेपाल–भारत पूर्वी सीमा ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि सीमामा शिल गरिएको हो ।

भारतीय पक्षले गरेको पत्राचारपछि पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।
सिल गरिएको नाका सोमबार बिहान ६ बजे खोलिनेछ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार ००:००