काठमाडौं। सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सादोबाटोले खुमलटार युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोका लागि दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे।
यस्तै खुमलटारका लागि सविन केसी र आदिल हमिदले एक – एक गोल गरे।
खेलको ११औँ मिनेटमा सातदोबाटोका तामाङले पेनाल्टीमार्फत पहिलो गोल गरे।
खेलको २६औँ मिनेटमा खुमलटारका केसीले गोल गर्दै एक एक गोलको बराबरीमा पुर्याए।
यस्तै खेलको ४८औँ मिनेटमा खुमलटारका हमिदले टोलीका लागि तेस्रो गोल गरे।
खेलको ६१आँै मिनेटमा सातदोबाटोका राईले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएका थिए।
खेलको ७४औँ मिनेटमा सातदोबाटोका लागि बस्नेतले गोल गर्दै खेलको नतिजा ३–२ ले आफ्नो पक्षमा पारे।
जितसँगै सातदोबाटो लिगको शीर्षस्थानमा कायमै रहेको छ । सातदोबाटोले हालसम्म सात खेलमा १९ अङ्क जोडेको छ ।
खुमलटारको भने सात खेलमा १६ अङ्क छ । खुमलटार लिगको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया