काठमाण्डौ । फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले लगातार तेस्रो पटक यो उपाधि चुमेको हो ।
यसअघि सन् २०१७ मा सिङ्गापुरलाई र सन् २०१९ मा मलेसियालाई नै हराउँदै उपाधि जितेको थियो ।
नेपालले मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थियो । ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनाए । दुई सय ५३ रनको विजयी लक्ष्य पाएको मलेसिया १४ दशमलव पाँच ओभरमा ३१ रनमै सिमित भयो ।
१९ असार २०८०, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया