काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप २९० को आयोजक राष्ट अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले अनौठो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनका लागि मुख्य कारक मानिएको पेट्रोलियम पदार्थ तेल र ग्यास ईश्वरको उपहार भएको बताएका छन् ।
जलवायु सम्मेलनलाई सम्बोधन गर्दै अलिएभले देशको कार्वन उत्सर्जनको विषयमा सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति कटु आलोचना गर्दै त्यसलाई पश्चिमा फेक समाचारको उपमा दिँदै प्राकृतिक रुपमा जिवाश्म इन्धन भएका देशमाथि दोषारोपण गर्न नहुने जिकिर गरे । उनले कोप २९ अगाडि अजरबैजानलाई ब्ल्याकमेल तथा निन्दाको सिकार बनाइएको गुनासो पनि गरे।
साथै उनले आगामी दशकभित्रमा देशको ग्यास उत्पादनलाई एक तिहाइले बढाउने योजना पनि उनले सुनाउँदै विश्वव्यापी हरितगृह ग्यास उत्सजर्नमा आफ्नो मुलुकको हिस्स केवल ०।१ प्रतिशत मात्रै रहेको बताए । त्यस लगत्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रेसले सम्मेलनमा बोल्दै जिवाश्व इन्धनको प्रयोगलाई दोब्बर गर्नु बेतुकको काम भएको बताए ।
प्रतिक्रिया