काठमाडौं। युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएराती भएको खेलहरूमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्।
एटलान्टामाथि रियल मड्रिडले १ – ० को पराजित गरेको हो।
उसको जितमा फेरल्याण्ड मेण्डीले खेलको ८६ औं मिनेटको गोल गरे। सोही गोल निर्णायक बन्यो।
गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बोरूसिया मोन्चेनग्लाडबाचलाई २ – ० गोलले हराएको छ।
उसलाई जित दिलाउन बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे।
प्रतिक्रिया