२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

खेलकुद

पोग्वा पेनाल्टीमा चुक्दा युनाइटेड अंक बाड्न बाध्य


३ भाद्र २०७६, मंगलबार ००:००

0
Shares

काठमाडौं, ३ भदौ । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा उपाधि दावेदार म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । युनाइटेडले शुरुवाती अग्रता र पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टोली वल्भ्ससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २७ औं मिनेटमा एन्थोनी मार्सियलको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । मार्सियलले मार्कुस रासफोर्डको पासमा गोल गरेको थिए ।
दोस्रो हाफको सुरुमै घरेलु टोलीले खेललाई बराबरीमा ल्याउन सफल भयो । ५५औं मिनेटमा रुवेन नेभेसले जाओ माउटिन्होको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा युनाइटेडले खेलमा अघि बढ्ने अवसर पाएको थियो । रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पउल पोग्वा चुकेका थिए । पोग्वाको प्रहार वल्भ्सका गोलरक्षक रुई पेट्रेसियोले बचाए ।

अघिल्लो खेलमा चेल्सीलाई ४–० ले पराजित गरेर हौसिएको युनाइटेडले वल्भ्सलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा अंक बाड्न बाध्य भयो ।

प्रकाशित : ३ भाद्र २०७६, मंगलबार ००:००