![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/66f47132-d86f-11e9-80eb-3aa57b6d2433_image_hires_040125-1024x683.jpg?resize=670%2C446)
सेन्ट पिटर्सवर्ग, ३० भदौ । चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुगेका छन् ।
तीन दिने औपचारिक भ्रमणका लागि उनी रुस आएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ ।
दुई देशको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उनले रूसको भ्रमण गरेको बताइएको छ ।
चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस र चीनबीचको सम्वन्धलाई नयाँ युगको रूपमा परिभाषित गरे ।
उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीचमा भेटवार्ता हुने जानकारी पनि दिए ।
चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औ बैठकका रूपमा हुन लागेको हो ।
प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रीत गरेर छलफल गरिने छ ।
दुई पक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।
चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया