काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।
सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेकाबेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजेपछि मतदान सुरु गर्ने योजना छ ।
संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी न्यौपाने,दाहालले दाबी गरेका छन् । गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । उक्त सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको छ ।
निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्दै सहमतिमा नेतृत्व चयन गर्न भनेका थिए । नेकपा एमाले
जनसंगठन संमन्वय संयोजक भानुभक्त ढकालले अगामि नेतृत्वm अध्यक्षका रुपमा भवानी न्यौपाने दाहाललाई संकेत गरेका थिए । पार्टी नेतुत्व अधिकांश प्रतिनिधिहरु दाहालको पक्षमा उभिए पनि केही प्रतिनिधिहरु मतदान प्रक्रियाबाट
नेतृत्व चयन गर्नु पर्ने पक्षमा उभिएपछि सहमति जुट्न नसकेको हो । त्यसैले महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा निर्वाचन कार्यक्रम सुरु गरिएको छ ।
निर्वाचन तालिका अनुसार उम्मेदवारहरुले दरखास्त दिने समय आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म तोकिएको छ । पहिलो नामावली प्रकाशन साँझ ६ बजेदेखि ७ बजेसम्म हुने छ ।
उम्मेदवारी फिर्ता लिने समय साँझ साढे ७ बजेदेखि १० बजेसम्म छ । ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । लगत्तै मतदान सुरु गर्ने योजना छ ।
प्रतिक्रिया