काठमाडौं । पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको १२ आंै काठमाण्डौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सो जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको ट्रेड युनियनका केन्दि«य अध्यक्ष लेखनाथ कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै,“नेपाल निजामती ऐन राज्यव्यवस्था समितिमा दफावर छलफलमा रहेको बताउँदै,निजामती कर्मचारीहरुको माग लाई सो ऐनमा पूर्ण रुपमा सम्बोधन हुन्छ । त्यसमा कुनै दुविधा छैन तपाईहरु धुक्क हुनुहोस् निजामती कर्मचारीहरुको माग सम्बोधन हुन्छ भने ।”
मन्तव्यकै क्रमममा पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको ट्रेड युनियन केन्दि«य महासचिव केदार प्रसाद देवकोटाले अधिवेशनको शुभकामना दिँदै,वर्तमान विश्व ट्रेड युनियन दुई धारमा अगाडि बढेको बताए । एउटा समाजवादी धार र अर्को पूँजीवादी धारमा अगाडि बढेकाले “यस्तो वर्तमान अवस्थामा निजामती कर्मचारीहरुले यो विषयतर्फ पनि ध्यान केन्दि«त गर्नु पर्ने र समाजवादी धारलाई आत्मासाथ गरि अगाडि बढ्ने ट्रेड युनियन भने कै पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको ट्रेड युनियन हो भने ।”
उक्त १२ औं काठमाण्डौं जिल्ला अधिवेशन उद्घाटन समाहरोमा चारजना सेवानिवृत्त निजामती कर्मचारीहरुलाई दोसल्लाह र प्रमाण सहित सम्मान गरिएको थियो ।
सो अधिवेशनबाट पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको ट्रेड युनियन संगठनको काठमाण्डौं जिल्ला अध्यक्षमा सरिता चौधरी निर्वाचित भएका छन् ।
शुक्रबार बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा सम्पन्न काठमाण्डौ जिल्ला अधिवेशनले सरिता चौधरीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा टिकाराम रोकाय,महिला उपाध्यक्षमा अस्मिता गजुरेल,सचिवमा मनोजकुमार साह,सहसचिवमा जनार्दन अधिकारी,कोषाध्यक्षमा भक्तराज पाण्डेय चयन भएका छन् । लेखासुपरिवेक्षक संयोजकमा कृष्ण दाहाल चयन भएका छन् ।
उक्त अधिवेशनले केन्दि«य महाधिवेशन प्रतिनिधिमा महिला तर्फ सिर्जना बराल,सहकारीतर्फ चोमप्रसाद पोख्रेल,खुल्ला तर्फ सन्तोष कुमार पौडेल,नवराज पोख्रेल,ओम पौडेल,रविनकुमार राई, दिकप कुमार खड्का,ध्रुव प्रसाद अधिकारी चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा हिमा रावत,घनश्याम सिलवाल,मेघराज खत्री,गिरिजा प्रसाद रिजाल, सत्यराज जोशी, हरिराम पौडेल,राजकुमार कार्की र छबि खड्का चयन भएका निर्वाचन मण्डलका सदस्य भिमा सुवेदीले बताइन् ।
सो १२ औं काठमाण्डौं जिल्ला अधिवेशन निर्वतमान अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको संगठनका केन्दि«य अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्य र महासचिव केदार प्रसाद देवकोटाको अतिथ्यमा सम्पन्न भएको हो ।
अधिवेशन गतिविधि भिडियो
प्रतिक्रिया