काठमाण्डौ । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङबीच शनिबार भेटवार्ता भएको छ ।
चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत पुग्नु भएका पुर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीचमा ल्हासामा भेटवार्ता भएको हो । भेटमा दुई देशको आपसीहितका सम्बन्धमा छलफल भएका छन् ।
भेटका अवसरमा अध्यक्ष तिम्सिनाले नेपालको विकासमा चीन सरकारले पु¥याएको सहयोग लागि धन्यवाद दिदै चीनसंग जोडिएका सिमा नाका नियमित सञ्चालन गर्न , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्हासा लगायत चीनका विभिन्न शहरबाट सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । यसैगरी नेपालबाट हाइलेज ( घाँस ), राँगा र कुखुराको मासु र जुनार तिब्बतमा आयात गर्न पनि आग्रह गर्नुभयो । कृषि क्षेत्रमा सहकार्य बढाउन नेपाललाई उन्नत जातको नश्ल , बीउ , बिरुवा र प्रबिधि उपलब्ध गराउन आग्रह गर्नुभयो ।
सचिव वाङले नेपालको बिकासमा चीन सरकारको निरन्तर निःसर्त सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै नेपालबाट तिब्बतमा घाँस निर्यातलाई बढावा दिने , सवै सिमा नाकाहरु नियमित सञ्चालन गर्न र पुर्वाधार निर्माण गर्न क्रमशः सहयोग बढाउने विश्वास दिलाउनु भयो । साथै उहाँले चीनको एक चीन नीतिप्रति नेपालको समर्थन र नेपालमा चीन बिरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिद्धताको उच्च प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया