२८ असार २०८२, शनिबार । July 12, 2025

Breaking

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले नक्कल शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएकाले सात जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँका २८ वर्षीया पुनम थापा, मोरङका ३४ वर्षीय मनित चौधरी, बाराका ३४ वर्षीय अमित चौधरी, काठमाडौँकी २९ वर्षीया एरिना शाह, ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, सिरहाका ३२ वर्षीय रामबाबु यादव र सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् ।

शैक्षिक प्रमाणपत्रमा वास्तविक अङ्क भन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

प्रकाशित : २ भाद्र २०८०, शनिबार ००:००