एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानको एक पेट्रोल पम्पमा आगलागी भएपछि विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ ।
आगलागीबाट सयाँै घाइते भएका छन् । आपतकालीन अवस्था मन्त्रालयले माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना जनाएको छ । अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीले आगो नियन्त्रमा लिएको थियो ।
त्यहाँका स्वास्थ्य मन्त्रालय अस्पतालमा घाइतेहरु धेरै भएकाले मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गरेको छ ।
सरकारी अधिकारीहरुले दुर्घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया