२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

मुस्ताङको कागबेनीमा बाढीले ३० घर, प्रहरी चौकी र पुल बगायो



काठमाडौ । मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा आइतबार साँझ बाढीले पूर्ण तथा आंशिक ३० घर, प्रहरी चौकी र पुल बगाएको छ ।

कागखोलामा आएको बाढीले गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा भौतिक संरचनामा क्षति पु¥याएको हो । राती ८ बजे बस्तीमा पसेको बाढीले पूर्ण तथा आंशिक ३०  घर, प्रहरी चौक, वडा कार्यालय, जोमसोम-कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, गाडी तथा विद्युत्का पोल बगाएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरी निरिक्षक गोपी सुवेदीले बताए ।

बाढीले क्षतिग्रस्त कागबेनीमा उद्दार तथा क्षतिको विवरण संकलन गर्दै नेपाल प्रहरी

कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति भने नभएको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए ।

 

प्रकाशित : २९ श्रावण २०८०, सोमबार ००:००