१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

पार्टी केन्द्रीय सचिवालय बैठकबाट इन्चार्ज निष्कासित



काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने गरेको छ ।
पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पार्टीहित विपरित कार्य गरेको निष्कर्षसहित कर्माचार्यलाई पार्टीको कुनै पनि कमिटीमा नरहने गरी निष्काशन गरिएको छ।  शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
खतिवडाका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ । बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक राजनीतिक र विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार ००:००