४ फाल्गुन २०८१, आइतबार । February 16, 2025

Breaking

नाइजरमाथि प्रतिबन्ध लगाउने अफ्रिकी नेताहरूको तयारी



एजेन्सी । नाइजरका अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नेजामेविरुद्ध नाकाबन्दी गर्ने पश्चिम अफ्रिकी नेताहरूले तयारी गरेको छ ।

गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमाने टियानीले गरेपछि हुन गइरहेको पश्चिम अफ्रिकी नेताहरूको असाधारण शिखर सम्मेलनले नाइजरमा लोकतन्त्र बहालीका निम्ति नेजामेविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेका हुन् ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार ००:००