विराटनगर । प्रमुख पर्शुराम खापुङले आज कोशी प्रदेशका तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराएका हुन । हो । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्की र खत्रीको जिम्मेवारी तोकिएको छैन । यसअघि मन्त्री बनेका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि तोकिएको छैन ।
प्रतिक्रिया