१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

भूमि सट्टापट्टाको विषय भारतीय भूमिमा उठाउनु गलत : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल भारत भ्रमणको बेला भूमि सट्टापट्टको विषय उठाउनु गलत भएको बताए ।

सोमबार प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भूमि सट्टापट्टको विषय उठाउनु गलत भएको उल्लेख गर्दै प्रचण्डको भ्रमणले कुनै पनि उपलब्धि नभएको बताए ।

नेता ओलीले मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले, चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको १५ वटा राँगा ल्याउन मात्र उपलब्धी भएको उल्लेख गर्दै उनले भने साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ ।’

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार ००:००