२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

कृषीविज्ञ मदन राई खोटाङबाट पक्राउ



काठमाण्डौ । आफ्नै शुभद्रा मदन फाउण्डेशनद्धारा सञ्चालित विद्यालयका छात्राहरुलाई यौन दुरव्यवहार गरेको अभियोगमा कृषी विज्ञ मदन राई पक्राऊ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमूख डिएसपी मञ्जिल मुकारुङका अनुसार शुक्रबार दिउँसो फाउण्डेशनबाटै राईलाई गिरफ्तार गरिएको हो ।
विद्यालका छात्राहरुमाथि विगतदेखि यौनदुरव्यवहार गरेको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको डिएसपी मुकारुङले बताए ।
राईमाथि लागेको आरोपबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार ००:००