२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

पाँचथरमा सवारी दुर्घटना, एकको मृत्यु, नौ घाइते



फिदिम । पाँचथरमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

याङनामबाट फिदिमतर्फ आउदै गरेको मे १ ज २९५८ नम्बरको डबल क्याप पिकअप दुर्घटनामा सह–चालक पाँचथरको फालेलुङ गाउँपालिका–८ बस्ने वर्ष ३० को सार्जन केरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फिदिम नगरपालिका ११ स्थित चम्पेटारको फिदिम फालोटको भित्री सडक खण्डको गोलाईमा उक्त पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भिर छ ।

दुर्घटनामा फालेलुङका २५ वर्षिया अचेत केरुङ, सोहि स्थानका २७ वर्षका पुर्ण बहादुर जबेगु, नामथर वतन नखुलेको करिव २४ को पुरुषको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै याङवरक गाउँपालिका ५ को वर्ष ५० की निर्मला केरुङ, हिलिहाङ गाउँपालिका ७ बस्ने वर्ष २१ को धन कुमार रसाईली, फालेलुङकै १६ वर्षका सन्देश हाङसोरुम्वा, फिदिम नगरपालिका १० बस्ने वर्ष ६५ की देवी माया रिजाल, फिदिम १ बस्ने वर्ष ८ की कन्चन केरुङ र सवारी चालक फालेलुङ ८ बस्ने वर्ष ३९ का छबि लाल खत्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकको दाँया साईडको नालीमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार ००:००