२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

टोखामा आगलागी हुदाँ एक करोड क्षति



 

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा आगलागी हुदाँ एक करोड बराबरको क्षति पुगेको छ । नगरपालिकाको वडा नं. ८ मिलनटोलमा आगलागि भएको हो ।
वडा नं ८ मिलनटोलमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यहाँ स्थित मिलन बजारमा सञ्चालनमा रहेको एक मासु पसलबाट ग्यास लिक भई शुक्रबार बेलुका आगलागि भएको थियो । आगलागिमा परि पाँच ओटा पसल नष्ट भएको छ ।
प्रहरीका अनुसार जुत्ता पसल, पेन्सी, डेरी, सिलाई कपडा पसल र मोबाइल पसल जल्दा एक करोड बराबरको क्षति पुगेको हो ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार ००:००