काठमाडौँ । गायिका सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक भएको छ ।
‘म पर्खिरहेछु, पर्ख नभनी, जब खुल्छ यो मनको आँखा, तिमी हुनु मेरो नजर अगाडी’ प्रयास दुमी राईको शब्द रहेको यो गीतले एउटा पे्रमिकाले प्रेमीप्रति गरेका आग्रहहरु समेटिएका छन् । सूनितालाई मुस्कान मुकारुङले साथ दिएका छन् ।
यो गीतमा शन्तकुमार राई र अनुशा राईको जीवन्त अभिनय रहेको छ । म्यूजिक भिडियोमा शन्त र अनुशाको केमिस्ट्री जमेको छ । भिडियोमा काठमाण्डौ र ललितपुरका मनहारी ठाउँहरु समेटिएका छन् ।
भिडियोमा समेटिएका दृष्यहरुले विस्तारै जमेको रोमान्सलाई थप पुष्टि गर्छ ।
थेगिमकै संगीत रहेको यो गीत देवेश राईले एरेन्ज गरेका हुन । इशक जगेवूको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियो एस के आर पिक्चरबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया