काठमाडौं । आइतबार एका–एक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठ र मेडिकल व्यावसायी दुर्गा प्रसाईंबचि भएको आर्थिक लेनदेनको विषय भएको कुराकानीको अडिओ रेकर्ड मिडियामा छ्यापछ्याप्ति मिडियामा आए ।
यो विषयले राष्ट्रिय राजनीतिमा एक किसिमको तरङ पैदा गर्यो भने रास्वपा भित्र ढ्याङ्ग्र बज्यो । एकाएक पार्टीले सांसद ढाका कुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण माग्यो भने अनुसासन समितीलाई ७२ घण्टा भित्र सत्य तथ्य छानमिन गर्न निर्दैन दियो ।
आज पनि यीनै विषयले मिडिमा प्राथमिकता पाइरहेका छन् । सोहि क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् ।
सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै प्रमाणित भए कारबाही हुने बताए ।
उनले भने, दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ । अनुसन्धानबाट जे पुष्टि हुन्छ । त्यही अनुसार हुन्छ ।’
बाहिरिएको अडिओका बारेमा सम्बन्धित पार्टीका नेताहरूले पहिले आफू प्रष्ट हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ मन्त्री बन्नका लागि आफूसँग पैसा मागिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सहयोग गर्न आग्रह गरेको भनिएको अडियो सार्वजनिक भएको छ ।
सो अडिओमा श्रेष्ठले प्रसाईँसँग २ करोड मागेका छन् ।
प्रतिक्रिया