२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

विहानदेखि सम्पर्कविहीन भएको हेली एभरेस्टको हेलिकप्टर दुर्घटना



काठमाडौं । आज विहानदेखि सम्पर्कविहीन भएको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा पाइल भने सकुसल रहेको बुझिएको छ ।

हेली एभरेस्टका फुर्वा शेर्पाले १२ बजेर ४० मा धौलागिरि आधारशिविर आसपासमा हेलिकप्टर ठोकिएको अवस्थामा भेटिएको हो ।

पाइलटलाई अहिले काठमाडौं ल्याइदै रहेको छ । हेलि एभरेष्ट प्रालि केन्द्रीय कार्यालयका कर्मचारी फुर्वाले भने, ‘हेलिकप्टर सामान्य ठोक्किएको अवस्थामा भेटीएको छ। पाइलट काठमाडौ आउदै हुनुहुन्छ। उहाँ आएपछि विस्तृत कुरा थाहा हुन्छ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार ००:००