२७ आश्विन २०८१, आइतबार । October 13, 2024

Breaking

रुकुम पूर्वमा दिदी बहिनीको हत्या भएको आशंकामा ७ जना पक्राउ



सुर्खेत । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा दिदीबहिनी मृत भेटिएका दिदी बहीनीको हत्या भएको आशंका गरिएको छ ।

हत्या आशंकामा प्रहरीले ७ जनालाइै नियन्त्रणमा लिएर सोधपुछ थालेको रुकुमपुर्व प्रहरीले जनाएको छ ।

घरबाट सिस्नु टिप्न गएका दिदीबहिनी १० वर्षीया रिना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नआएपछि उनीहरूको आफन्तले खोजी गर्दा १ सय मिटर तल भिरमा शव भेटिएको थियो ।

मृतक दिदीबहिनीले लगाएको सुनको गहना लुटपाट गरिएको र सुनको लागि नै घटना भएको हुने सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नाक र कानका गहना लुटेर उनीहरूको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार ००:००