१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

उपनिर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै



काठमाडौं। वैशाख १० मा हुने तय भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगका अनुसार चितवन–२, तनहु–१ र बारा–२ मा बैशाख १० मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन लागेको हो ।

जसका लागि आयोगले यसअघि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार उपनिर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आआफनो उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनवाट निर्वाचित राष्टय स्वतन्त् पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २ रिक्त हुन पुगेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ– १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त हुन पुगेको थियो । बारा २ मा जनता समाजवादी पार्टी नेपालले जीत हासिल गरेको थियो । रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार ००:००