काठमाडौं । मन्त्रालय भागवण्डामा सत्ता गठबन्धनको सहमती जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले दलहरुले पाउने मन्त्रालयका बारेमा सहमती जुटेको हो ।
मन्त्रालय भागबन्डाको सहमती जुटेसंगै भोली बेलुकासम्म मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेको छ ।
बुधबार जुटेको सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले ११ मन्त्रालय पाउने छन् ।
प्रतिक्रिया