१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Breaking

रंगमञ्च जीवन र जीविकाको लागि हो : मन्त्री किराती



काठमाण्डौ । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले रंगमन्च जीवन र जीविकाको लागि रहेको बताएका छन् । संगीत तथा नाट्य प्रतिष्ठानद्वारा ६२ औँ विश्व रंगमन्च दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले रंगमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताए ।
रंगकर्मीहरुसंग आफ्नो तीन अपेक्षा गरेको मन्त्री किरातीले उल्लेख गरे । उनले भने, “ समाजबाद उन्मुख सृजनाहरु गरेर यो समाजलाई पुँजीबादी सँस्कृतिको चङ्गुलबाट पार लाउनु पर्ने हुन्छ ।, मित्र राष्ट्रहरुसंग भावनात्मक सम्वन्ध निर्माण गर्ने भरासिलो पुलको काम रंगमञ्च रहेको बताउदै मन्त्री किरातीले यसलाई पर्यटनसंग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार ००:००