काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
प्रचण्डले चार बर्ष अघि काठमाण्डौको टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा युद्धका बेला मारिएका १७ हजार मध्ये ५ हजारको आफुले जिम्मा लिने बताएका थिए ।
यहि अभिव्यक्तिलाई आधार बनाएर कानुन व्यवसायी प्रचण्ड विरुद्ध रिट दर्ता गरेका हुन ।
उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।
प्रचण्ड विरुद्धको रिटमा माओवादी पृष्ठभूमिका पार्टीहरुले आपती जनाएका छन् । संक्रमणकालिन न्यायको विषय लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट दायर हुने भएपछि माओवादी पृष्ठभूमि भएका दलहरु मंगलबार बैठक बसेका थिए । उनीहरुले विस्तृत शान्ति सम्झौता विरुद्धका गतिविधिहरु विरुद्ध प्रतिवाद गर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिरोध गर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया