काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि शनिबार बिहान ८ : ३० मा बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने तयारी भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार नै मनोनय दर्ता गर्ने कार्यक्रम रहेको छ । कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद उम्मेदवार बन्ने चर्चा छ ।
प्रतिक्रिया